पशुपतिनाथ मन्दिरको पुल भत्तकिदा २ घाइते

  • प्रकाशित मिति : March 2, 2022
  • -सरु आचार्य

नेपाल ज्योति फागुन१८, काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुल भत्तकिएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका छन ।
पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।

‘पुल जीर्ण छ भन्ने खबर थियो, त्यसैले त्यता नजान सुरक्षाकर्मिहरु सचेत गराइरहेका थिए’ तर पनि सुरक्षाकर्मिहरु तथा संयमसेवक हरुको कुरा नसुनि भीड भाद गर्दा पुल भत्कियो प्रहरी र संयमसेवक हरु नजिकै भएकाले धेरै क्षति हुन पाएन स्वयंसेवकहरुद्वारा २ जना घाइतेको उद्धार गरियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ । पशुपतिमा उछृंखल गतिविधि गर्ने केहीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।