नेपाल बारको निर्वाचनमा करिब नौ हजार पाँच सयले कानुन व्यबसायीले मतदान गर्ने

  • प्रकाशित मिति : March 4, 2022
  • विश्व घिमिरे

नेपाल ज्योति – नेपाल वार एसोसिएसनकको निर्वाचन प्रकृया शुरु भएसँगै अन्तिम नामावली प्रकासन भएको छ । बारको निर्वाचनमा देशैभरबाट नौ हजार ५८८ जनाले मतदान गर्ने भएका छन् ।

निर्वाचनमा सोलुखुम्बु इलाम, अछाम र दार्चुला बारका ३र३ जना सहभागि हुने छन् भने सबैभन्दा धेरै ललितपुरबारबाट दुई हजार २०५ जना अधिबक्ताले मतदानमा भाग लिनेछन् । बारको २६ औं अधिवेशनबाट केन्द्रीय समिति चयनका लागि फागुन १० गते देखि निर्वाचन प्रकृया शुरु भएको कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेलले जानकारी दिनुभयो । २०७८ चैत १९ गते बारले अध्यक्ष, आठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, १४ सदस्यका लागि निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

अधिवेशनसँगै आउने नयाँ नेतृत्वका लागि न्यायलय भित्र भएको विकृति, विसंगति विरुद्ध अवर्को मुख्य मुद्दा बन्नु पर्ने आवाज सहित वारको नेतृत्व चयन प्रकृया अघि बढाउनु पर्ने तर्क कानुन ब्यवशायीले अघिसार्ने भएकाछन् ।

तालिका अनुसार फागुन २३ गते उम्मेदवारी दर्ता हुने छ । बारले देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ । २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति गयन गर्ने जनाएको छ ।