सुरु भयो SEE को तयारी ,कहाँ कहाँ छन् परीक्षा केन्द्र ?

परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।

  • प्रकाशित मिति : March 4, 2022
  • -सरु आचार्य

नेपाल ज्योती फागुन१९-यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो । ११ हजार ३ सय ७५ विद्यालयमा परीक्षा हुनेछ । सबैभन्दा बढी काठमाडौंमा १ हजार ३ सय विद्यालयमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको अनुसार परीक्षामा ४ लाख ९४ हजार ६ सय ८१ जना विद्यार्थी सहभागि हुँदै छन् । एसईई को प्रश्न पत्र,सामग्री जनक शिक्षा केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा छपाइ हुनेछ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी ९मेजर० को नेतृत्वमा करिब ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी करिब ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ ।

जनक शिक्षा सामग्रीको गोप्य कोठाबाटै प्रदेश र अन्य केन्द्रको प्रश्नपत्र पोका बनाएपछि मात्र नियन्त्रकसहितको टोली परीक्षाको अन्तिम तयारीका लागि बाहिरिनेछन् । परीक्षा वैशाख ९ गतेबाट २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।