रुसले अस्थायी युद्धविराम पालना नगरेको युक्रेनको आरोप

  • प्रकाशित मिति : March 5, 2022
  • -सरु आचार्य
Stop War

नेपाल ज्योति, फागुन २० – रुसले अस्थायी युद्धविराम पालना नगर्दा सर्वसाधारणले सहर छोड्न नपाएको युक्रेनले आरोपलगाएको छ । रुसी पक्षले दुईवटा शहरका लागि सहमति गरिएको अस्थायी युद्धविरामलाई लागु नगरेको भन्दै सो कार्य स्थगित गरिएको युक्रेनी अधिकारीले बताएका छन् ।
नेटोले ‘नो फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेन राष्ट्रपतिले उक्त सैन्य सङ्गठनका नेताहरूको आलोचना गरेका छन्
रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ।

केही विवरणहरूका अनुसार त्यहाँ ट्विटर र यूट्यूबको पहुँचमा पनि रोक लगाइएको छ ।अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकमा, युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा भएको रुसी आक्रमणलाई लापरबाहीपूर्णको संज्ञा दिएको छ ।भगवान्‌को कृपाले, हिजो राति सम्भावित एक पारमाणविक प्रकोपबाट संसार बच्यो, संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले भनिन् । परमाणु ऊर्जा केन्द्रका केही भवनहरू आगो लागेपछि रुसी सेनाले केन्द्रलाई कब्जामा लिएको थियो। जसका कारण केहीको मृत्यु र केही घाइते भएको युक्रेनको दाबी छ।

तर रुसले त्यहाँ कुनै सुरक्षा खतरा नभएको र केन्द्रमा गोली प्रहार गरेको कुरा असत्य भएको बताउँदै आएको छ। अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले केन्द्रमा कुनै रेडियोधर्मी पदार्थ नरहेको बताएका छन् । पश्चिमा अधिकारीहरूका अनुसार रुसका तीन कमान्डरहरू अग्रपङ्क्तिमा गएपछि मारिएका छन्