नेपाल ज्योति फागुन २२- काठमाडौं उपत्यकामा कोरोना रोकथामका लागि लागु गरीएका स्मार्ट लकडाउनमा पालनागर्नु पर्ने समपुर्ण नियमहरु हटाइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी गराएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गर्दै यसअघि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था पूर्ण रुपमा हटाइएको जानकारी दिनुभएको हो। जिल्ला प्रशासन कार्यालयले फागुन २१ गतेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको हो।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको थियो।