तनहुँ दमौली बजारमा भिषण आगलागि, दुई घण्टा पुगिसक्दा पनि निभाउन सकिएन

  • प्रकाशित मिति : March 6, 2022
  • -सरु आचार्य

नेपाल ज्योति फागुन २२-    तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा भिषण आगलागि भएको छ । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ ।  आगो निभाउन हेलिकप्टर प्रयोग गरिए पनि आगो नियन्त्रणमा भने आउन सकेको छैन ।

आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्यांकर प्रयोग गरिएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी र सेना खटाइएको छ । आगो निभाउन स्थानीयले पनि साथ दिइरहेका छन् । क्षतिको विवरण भने आउनै बाकि छ ।