बर्दिवास मेडिकल कलेज तत्काल स्थापना नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलास

  • प्रकाशित मिति : March 6, 2022
  • -सरु आचार्य

नेपाल ज्योति, फगुन २२- मेडिकल कलेज खुल्ने व्यापक हल्लाकाबिच महोत्तरीको बर्दिवासस्थित वन फँडानी गरेर बनाईने बर्दिवास मेडिकल कलेज तत्काल स्थापना नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

गत १८ फागुनमा वातावरण अभियन्ता देवनारायण मण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन आदेश दिएको हो ।