नारीको कयौँ रुप होस् तर कयौँ जिब्रो नहोस, जय नारी दिवस !

पहिला केहि समय अघि हत्या भएको १२ वर्षिया करुणा राई, यतिका बर्ष न्याय नपाएको निर्मला पन्त, आफ्नै सम्पुर्ण परिवारको छलमा परेर ज्यान गुमाउन पुगेकी सबिता भण्डारी ति सबै छोरी जसले अकालमा परेर ज्यान गुमाएका छन्, ति सबले न्याय पाउने परिस्थितिको सुनिश्चितता गर अनि बल्ल नारी दिवस मनाईयोस सरकार !

  • प्रकाशित मिति : March 8, 2022
  • -सरु आचार्य

नेपाल ज्योति,फागुन २४-  राजनितीक परिवर्तनमा अमुल्य योगदान पुर्याएका हाम्रो नेपाली समाज कस्तो सामाजिक अबस्थामा बसेर नारी दिवस मनाउँदै छौ, किन नारीको कथाव्यथामा खासै परिवर्तन हुन सकेन अति नै घतलाग्दो छ, को जिम्मावार को गैर जिम्बेवार, कहिले हामि जिम्बेवार नागरिक बन्न अग्रसर हुन्छौं ।

  • बाहिर नारी दिवसको नारा घन्की रहेको थियो । नजिकैको घरमा बुहरीले सासूलाई घचेट्दै बाहिर निकाल्दै थिइन्।बुढी सासू पछ्यौरीको फेरोले आँसु पुछ्दै त्यहि भिड छेउ पुगेर फर्केर आफ्नो घरलाई अन्तिम पट्क बिदाइ गर्न हेर्दै थिइन् ।
  • घरमै भएको छोरा चुप-चाप टुलु टुलु हेरिरहेको थियो । यसरी एउटी बुहारीले नारी दिवस मनाइन र ढुक्कसँग सास फेरिन आफ्नो उद्देश्य पुरा भएकोमा खुशि हुँदै अनि एउटा पुरुषले नारी दिवसमा आफ्नी श्रिमतीलाई दिएको इनाम सम्झेर नारी दिवस मनाए ।
  • उता नजिकै अर्को घरमा सासूले बुहारीलाई भुत्ल्याउँदै घर बाट निकालिन, किन भनेर सोध्दा जवाफ आयो बुहारीले घरको लागी छोरो दिन सकिन वंश धान्ने मान्छे नहुँदा छोरोको पुर्ति गर्न अर्को बुहारी चाहिने भयो यसरी मनाईयो नारी दिवस।
  • आजको समाज जति सुकै शिक्षित भएको दावि गरिएता पनि एउटी नारी दुवारा अर्को नारी बारम्बा-बार पिडित भइरहेकाछ्न् । समाजको हरेक घरमा कित सासू  कि बुहारी,  नन्द कि भाउजु जे जस्तो भिन्दा-भिन्दै नामले नाता सम्बन्ध निभाएता पनि आखिर पिडित नारी नै छन्।
  • कतै फकाएर लुटिएका छन्  त कतै धम्क्याएर लुटिएका छन्, एउटा श्रिमती स्वयम् आफ्नै पति द्ववारा लुटिन्छे । सुन्दा अनौठो अपत्यारीलो लाग्ला तर कयौं पटक कहिले उसको विश्वास लुटिन्छ त कहिले बिना मन्जुरीको तन, अनि आफ्नो श्रिमानले लुटेको विश्वासको दोश सजिलै अर्को नारि माथि थुपारी दिन्छे, जबकी उसलाई थाहा सम्म पनि हुँदैन कि कसैले उसको विश्वास सित खेलिरहेको छ । पहिलो नारीलाई सब थाहा हुन्छ कि गल्ति उसकै श्रिमानको हो । तर घृणा आगोमा यति अन्धो हुन्छ कि नारि कि आफै नारी भएर फगत नारी सित घृणा मात्र गर्छे । आफ्नो श्रिमानले जति नै जघन्य अपराध गरोस । आएर माफि मागे पछि सब भुल्न तयार हुन्छे, तर त्यो अन्जान नारीलाई निर्दोश मान्न अहँ उ तयार हुन्न । किनकि उसले बिर्सिन्छे खाए पछि हात र मुख दुबै झुठो हुन्छ । अनि अर्को नारीलाई दोशी साबित गरेर आफ्नो श्रिमानलाई निर्दोष घोषणा गर्छे । अनि यो समाजमा बसेर हामी नारी दिवस मनाउछौँ ।
  • एउटा भोको बच्चाको पेट पाल्न आमा दिन-दिनै बेचिन्छे ,आफु नारी भएर पनि सासूले दाइजो को निउमा बुहारी जलाउँछ्न् । एउटा बुहारीले हेला गरेपछि सासूले आत्म हत्या गर्छिन। निरन्तर मनाइने नारी दिवसले दिने सन्देश के हो…………?
  • कसैले केहि बिगारोस नबिगारोस आफुलाई चित्त नबुझे पछी एउटी नारीले त्यहि समाजमा एक कान – दुई कान गर्दै भए नभएको कुरा गरेर अर्को नारीलाई चरित्र हिन बनाउँछे । के नारीलाई अझै पनि अरु कुनै दुश्मनको खाँचो छ र ? यस्तो देशमा नारी दिवस को नारा एक दिन घन्काएर हिड्दैमा नारीले पाउने अधिकार पाउँछन् भनेर सोच्नु पनि मुर्खता हो । के यसैलाइ भनिन्छ नारी दिवस ? यदि होइन भने पहिला नारी आफै सचेत भएर आफ्नै घर भित्र हुने हिंसा पहिला अन्त्य गरून्, त्यसपछि जब देशमा यस्ता घट्ना सुनिन बन्द हुन्छ, त्यसै दिनलाई नारी दिवस घोषणा गरियोस सरकार !
  • पहिला केहि दिन अघि हत्या भएकी १२ वर्षिय करुणा राई , यतिका बर्ष न्याय नपाएकी निर्मला पन्त , आफ्नै समपुर्ण परिवारको छलमा परेर ज्यान गुमाउन पुगेकी सबिता भणडारी लगायत ति सबै छोरी जस्ले अकालमा परेर ज्यान गुमाएका छन् ति सबैले न्याय पाउन्, अनि बल्ल नारी दिवस मनाईयोस सरकार !

अन्त्यमा

नारी दिवसको अवसरमा शुभकामना दिन चाहन्छु ती नारीहरुलाई जो छोरा-छोरीलाई पढाउन दिन रात नभनि मज्दुरी गर्छिन्, तिनको अनुहारमा सानो-सानो खुशी पोत्न दिन रात नभनी मेहनत गर्छिन् , ती सम्पुर्ण आमाहरुलाई जो सङ्ग आरामको लागि १ घन्टा पनि फुर्सद हुँदैन् । ती श्रीमतीलाई जो आफ्नो पतिको सानो-सानो कुराको ख्याल राख्छिन्।

ती बुहारिलाई जो घर सुन्दर बनाउन आफ्नो जिवनको खुशिलाई त्यागमा परिणत गरेर परिवारको खुशि लाई जिउँदो राख्छिन्, ती छोरीहरुलाई जो छोरी भएर पनि छोराको भुमिका निभाउने गर्छिन, ती दिदी लाई जो आफ्नो बैनी लाई संस्कार र नारी हुनुको दायित्व सिकाउने गर्छिन् । ति सम्पुर्णलाई जो साच्चै नै नारी भएर नारीको इज्जत गर्छन् ।

नेपाली समाजमा नारीका कयौं जिम्बेवार पूर्ण रुपहरु छन्

  • एउटी नारी आमा/सासू हो, दिदी/बहिनी हो, भाउजु/बुहारी हो, नन्द/आमाजु हो,

  • नारी पत्नि हो

  • नारी देवी हो

  • नारी घरमा

  • नारी भान्सामा

  • नारी पुजामा

  • नारी खेतमा

  • नारी अफिसमा

  • नारी मेला-पातमा

  • नारी गोठालामा

नारी कहाँ छैनन् ?

नारीका कयौँ रुपहरु छन् जसलाई सारा संसारले मानेका छन् । तर आजकाल नारीका कयौं जिब्रो पनि छन् जस्ले मान्छे पिछ्छेका कुरा गर्छन्। जस्ले गर्दा घर बनाउने नारीहरु घर बिगार्न तर्फ लागेका छन् । यस्तै हो भने नारी को स्वंम, नारी हुनु कै अस्तितव हराउन जानेछ । तेसैले नारीको कयौ रुप होस तर कयौ जिब्रो नहोस ।

बाँकीरहेका बुहारीलाई कसरी दुःख दिउँ ,सासूलाई कसरी पीडा दिउँ ,नन्द/आमाजुको बेइज्जत कहाँ गएर गरुँ ! फलानी आइमाइको चियो चर्चा कसरी गरुँ । साथी-साथी मिलेर अर्को नारिको कुरा कसरी काटुँ भन्दै दिन बिताउनेलाई नारी भएर पनि नारीको अस्तित्व सँग खेलवाड गर्नेलाई, कुनै दिवसको आवश्यक्ता नै परेन उनिहरु लाई सधैं दिवस नै दिवश कुरा काट्ने दिवस, झगडा दिवस, दिवस नै दिवस !

जय नारी दिवस

-सरु आचार्य