एउटा नमिठो घटना जस्ले सबैको मन रुवायो …

  • प्रकाशित मिति : March 11, 2022
  • -सरु आचार्य
नेपाल ज्योति फागुन २७-गत महिना माघ २१ गते प्युठान जिल्लामा नौबहिनी गाउँपालिकाको लुङ लेखबाट बेहुली लिएर शुक्रबार राती गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सोही राती ओखरपाटा भन्ने ठाउँमा दुर्घटना भएको थियो । बेहुला र बेहुली सहित १४ जना जन्ती बोकेको गाडी  दुर्घटनामा परेर ८ जनाको मृत्यु भयो भने बाकीँ ५ जना घाईते भएका थिए। ति मध्ये बेहुली पनि गम्भिर घाईते भएकी थिईन् ।धेरैले जान्न खोज्नु भएको थियो  यो जोडीको अबस्था कस्तो छ भनेर ? आज ३५ दिनको अस्पताल बसाई पस्चात बल्ल यो जोडी घर जादैछ।
आज यो जोडीले मृत्युको मुखबाट आफुलाई बचाउन सफल भएपनि धेरै चिजहरू गुमाएकोछ। बेहुलीको दाहिने हात चुडिएको छ। लोकन्ती गएकी दुलहीकी बहिनीको मृत्यु भएकोछ। बेहुलाले आफ्नी दिदि सहित ७ जना आफन्तहरू गुमाएकाछन्। बेहुलाको भाउजु र भाईपनि गम्भिर घाईते भएका थिए।
बेहुलीको घरबाट राती झण्डै ११ बजे जन्ती बिदाई भएको थियो। गाडी दुर्घटना भयो भन्ने खबर माईती घरमा बिहान ५ बजे पुगेको थियो।