श्रीमानको हत्या अभियोगमा श्रीमती भिरकट्टा पक्राउ

श्रिमान चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु

  • प्रकाशित मिति : March 14, 2022
  • - घनश्याम आचार्य

नेपाल ज्योति, फागुन ३०- श्रीमानको हत्या अभियोगमा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । ६५ वर्षीय श्रीमान चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको स्थानिय प्रहरीले जनाएको छ ।