नेपाल ज्योति, फागुन ३०- बागलुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।
निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने समेत गनले बताए ।
निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै अध्यक्ष तिमिल्सिनाले सधैँ जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताउनुभयो । “
अध्यक्ष तिमिल्सिनाको जोड थियो कि विकास गरौँ ,जनताको पक्षमा काम गरौँ, जनताले हाम्रा काम हेरेर मत दिन्छन्, मतदानको अघिल्लो दिन चामलका बोरा बाँडेर जितेका जनप्रतिनिधिले काम गर्न सक्दैनन् ।