प्रकाश सपुतलाई खुल्ला पत्र……..

  • प्रकाशित मिति : March 16, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत२- प्रकाश पण्डित लेख्नु हुन्छ ,

“हामी स्यालुट गर्छौ यस्ता सर्जक र श्रस्ठालाई जस्को सानो प्रयास र केही मार्मिक शब्द र दृश्यले आज देशमा तरङ्गगित बनाइ दिएको छ।केहि ठुला पार्टीका सिर्स नेतालाई आच्छु-आच्छु बनाई हल्लाई दिएको छ।”

बधाईछ तिमी रास्ट्रका गहना,रास्ट्र प्रेमी कटु शब्दका लोक पारखी “प्रकाश सपूत” यस्तै यथार्थ अब आउने हेरक  गित सङ्गितमा हेर्न, देख्न , अनुभव र अनुभूति गर्न पाईयोस। हामि जनता सधा तिम्रो साथमा छौ ।

सबको मन छुन सफल यो पिर म्युजिक भिडियोले फेरि एकपल्ट जनयुद्धको त्यो कहाली लाग्दो कालो दिन जनता ,योद्धा ,पीडित जनसामुको यथार्थ दर्साउदै दस बर्से युद्ध गरेर सम्राराज्य फिजाई बिलासिता जीवन बितायकाहरुलाई चुनौती दिएको छ। जस्ले दस बर्स युद्धबाट लिन र निकाल्न नसकेका परिवर्तन र यथार्थमा एक लोक सर्जक, लोक गायकले पुरै दर्साउदै हरेक जन,श्रोता र जनताको मन मुटुमा बस्न सफल सङर्षसिल लोक गायक प्रकाश सपुतलाई स्यालुट गर्न चाहन्छु ।

केहि कमि कम्जोरी त भैहाल्छनै तैपनी यति ठुलो हिम्मत गरेर यत्रो कालखण्ड,योद्धा र साम्राज्यवाद भएकाहरु लाई चुनावी माहोलमा धरै ठुलो चुनौती दिएको छ।यस्लाई बिद्रोह गरेर काडे तार लगाउनु भन्दानी सुझाब र सल्लाहका रुपले हेर्न जरुरी छ। हिजो आफुले गरेका जनता,योद्धा र नेपाल आमालाई दिएका वाचा र बचनको फेरि पनि याद दिलाई दिएकोमा सहानुभुती दिनत परै जावोस धम्की दियर आपत्ती जनाउनु गलत प्रबिर्ती भएकोले सत्ताको मोह खेलमा भुलेर राम्रालाई भन्दा पनि हाम्रालाई सोचिएर क्षेमा याचना गर्नु पर्छ भन्ने म मात्र होइन सारा जनताको यहि अडानलाई पुस्ट्याउन चाहन्छु।

मेरो कुनै पनि पार्टी,ब्यक्ति र शीर्ष नेता ज्यु सङ्ग्ग कुनै रिस,राग,द्वोय र बैमनस्य होइन यो यथार्थ घटनाको चित्रण हो । यसलाई मनन गरि आफुले बिराएका पार्टीको स्पस्ट कार्य र नितिलाई ध्यानमा राखी जनताको हक र हितमा लाग्नलाई प्रेरणा सहित अगाडी बड्न शुभकामना सहित चुनावि माहोलमा जनताको मन जित्ने कार्य गर्न सुझाब र सल्लाह दिन चाहन्छु ।

।।जय नेपाल।।।जय रास्ट्रवाद।।। जय श्रीपशुपतिनाथ।।।