रुसले युक्रेन माथि हाइपरसोनिक किन्जल मिसाइल प्रयोग गरेको छ….

  • प्रकाशित मिति : March 20, 2022
  • -सरु आचार्य

  नेपाल ज्योति चैत६-  रसियाले युक्रेनमा हाइपरसोनिक मिसाइल प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ। रसियाले पहिलोपटक हाइपरसोनिक मिसाइलको प्रयोग गरेको दाबी गरेको हो। रसियाली रक्षा मन्त्रालयले पूर्वी युक्रेनमा हातहतियार भण्डारण गरिएको क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको हो।

एमआइजी-३१ विमानबाट ‘किनजल’ मिसाइल प्रहार गरिएको बताइएको छ। उक्त मिसाइलले २ हजार किलोमिटर टाढासम्मको निशानामा प्रहार गर्न सक्छ र ६ हजार किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्छ।

हइपरसोनिक मिसाइलको गति आवाजको गति भन्दा पाँच गुणा बढी हुन्छ। रसियाली राष्ट्रपति भ्लादमीर पुटिनले यसअघि हाइपरसोनिक मिसाइलमा लगानीका बारेमा बताउँदै आएका थिए।

रुसको सेनाले हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी पश्चिमी युक्रेनमा रहेको एउटा ठूलो भूमिगत हतियारले भण्डारलाई ध्वस्त पारेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ।