लेटाङमा घटेको अत्यन्तै दुःखद घटना….

  • प्रकाशित मिति : March 21, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत७- लेटाग्ङको वडा न. ५ स्थित मोरङ लेटाङ्ग शिक्षा मा.वि विद्यालयमा सामाजिक बिषय पढाउने मनोज पौडेल

 

नाम गरेको शिक्षकले सोहि विधालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रलाई जबरजस्ती करणी गरेको घटना बाहिर आएको  छ । पीडित छात्राको बिषयलाई लिएर स्थानीयहरूमा बहस चलिरहेको थियो। उक्त घटना बाहिरिएसँगै चैत ६ गते आइतबार विधालय परिसर तनावग्रस्त बन्यो ।

अभिभावक तथा छिमेकी र विध्यालयबाट गएका विधार्थिहरुसमेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुदमा नारावाजी गरेका थिए । दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विधालयमा समेत आगजनी गरेका थिए । उक्त घटनामा झडप हुँदा थुप्रै सर्वसाधारण र प्रहरी घाइते भएका छन् ।

 

त्यसै झडपमा अत्यन्तै दुःखद घटना पनि घट्न गयो । जनतालाई सुरक्षा दिँदै गरेकी `उर्मिला श्रेष्ठ` (नेपाल प्रहरी) लाई भिड मध्य कसैले धारिलो हतियार प्रहार गरेका थिए। उपचारको क्रममा उनको मृत्यु भएको छ।