घाँटी थिची छोराले गरे आफ्नै आमाको हत्या……

  • प्रकाशित मिति : March 22, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत८- पोखरामा आफ्नै छोराले आमाको हत्या गर्न लगाएका छन् । हत्याको आरोपमा छोरासहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर सार्वजनिक गरिसकेको छन। घटनाका सम्बन्धमा विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ।

आफ्नै छोराले एक लाख रुपैयाँको सुपारी दिएर आमाको हत्या गराएको सुईकारेको छन् । यही चैत ४ गते बिहान पोखरा महानगरपालिका–१२ शीतलादेवीस्थित सुकुम्बासी बस्तीमा ६७ वर्षीया नौमाया नेपाली मृत अवस्थामा भेटिएकी थिइन्। आफ्नै घरको कोठाभित्र उनी मृत भेटिएको थिइन्। मृत रहेको भन्ने जानकारी प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनको मृत्यु शंकास्पद रहेको आशंका गरेको थियो । किनकी, उनको घाँटी थिची हत्या गरेरजस्तो औलाको डाम थियो।

शंयकास्पद देखिएपछि हत्या भएको आशंकामा थप अनुसन्धान गरेको प्रहरीले नौमायाको हत्या छोराबाटै भएको पत्ता लगाएको छ। उनका जेठा छोरा ओमबहादुरले घरजग्गा बेच्न पटक–पटक प्रयास गरेका थिए। तर नौमायाले दिएकी थिइनन्। त्यसपछि छोरा ओमबहादुरले आमा नौमायालाई मार्ने योजना बनाए। त्यसका लागि आफ्ना साथी कुमार गुरुङको सहयोग उनले लिएका थिय ।

पोखराका डीएसपी सुन्दर तिवारीका अनुसार ओमबहादुरले १ लाख रुपैयाँको सुपारी दिएर कुमारलाई आफ्नो आमा मार्न पठाएको खुलेको छ। सोही योजना अनुसार उनीहरु दुई जना चैत ३ गते राति अबेरसम्म मदिरा पिएर बसेका थिए । त्यसपछि नौमाया निदाएको होला भनेर ओमबहादुर कुमारलाई आमा सुत्ने कोठामा पठाएर हत्या गर्न अह्राएका थिए।।

राति ओच्छ्यानमा निद्रामा रहेकी नौमायालाई कुमारले घाँटी थिची हत्या गरेका थिए। हत्यापछि उनीहरु दुबै जना कुमारको घरमा गएर सुतेका थिए। भोलिपल्ट घर आएर ओमबहादुर आफैंले आफू नभएको बेला कोही कसैबाट आमाको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी अनुसन्धानबाट हत्यामा उनीहरु दुई जनाको संलग्नता देखिएपछि दुबै जनालाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यानको कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।