मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना युक्रेनी प्रतीक लिएर सडकमा आउनुस् !

संसार भरिका सबै जनालाई युक्रेनको राष्टपति जलेन्स्कीको अपिल .......

  • प्रकाशित मिति : March 24, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत१०- रुस र युक्रेन युद्धको महिना दिन पुगेको दिनमै युक्रेनका राष्टपति भोलोदिमिर जलेन्स्कीले संसार भरिका मानिसहरुलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन अपिल गरेका छन्।

रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने …

रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको हो । मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्, रुसको निर्मम र मुढे बललाई अब संसारले रोक्नुपर्ने छ।

तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्, देखिनुस् र सुनिनुस् । मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।

यसबीच यो युद्धले आफ्नो सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको पनी उनले उल्लेख गरे।