के छ ? कस्तो छ ? भनेर हाल नसोध

मलाई ओत लाग्न सिङ्गो आकाशले धानेन सहयोगको लागि पठाउँ भनि पाल नसोध ।।

  • प्रकाशित मिति : March 24, 2022
  • -सरु आचार्य
सरु आचार्य

के छ ? कस्तो छ ? भनेर हाल नसोध

म आफै अर्धहोसमा छु सवाल नसोध।।

__________________________________________

आलो घाउमा औला राखेर कस्तो छौ भन्छौ

उत्तरहरुको लागेको छ अनिकाल नसोध ।।

___________________________________________

जिन्दगी न एता न उता मझ्धारमा भयो

नचायो समयले कुन सुर –ताल नसोध ।।

___________________________________________

उ लाश भएर जल्यो म जिउदो लाश बनेर

महशुस सोध न कस्तो थियो काल नसोध।।

______________________________________________

मलाई ओत लाग्न सिङ्गो आकाशले धानेन

सहयोगको लागि पठाउ भनि पाल नसोध।।

 

-सरु काली (आचार्य)