संसारभर ११ लाख बालबालिका क्षयरोगबाट पीडित

  • प्रकाशित मिति : March 24, 2022
  • - विश्व घिमिरे
क्षयरोग

नेपाल ज्योति,चैत्र १०-विश्व स्वास्थ्य संगठनले संसारभर ११ लाख बालबालिका क्षयरोगबाट पीडित भएको जनाएको छ । संगठनको वार्षिक प्रतिवेदनले संसारभर ९९ लाख मानिस क्षयरोगबाट पीडित भएमध्ये ११ लाख बालबालिका पीडित भएको देखाएको हो ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४र७५ ले नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेकोमा सात प्रतिशत बालबालिका रहेने देखाएको छ । चिकित्सका अनुसार क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुने सरुवा रोग हो ।

बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी अर्थात् फोक्सो बाहेक अन्य भागमा लाग्ने चिकित्सक बताउछन् । बालबालिकालाई क्षयरोग अन्य अङ्गमा ग्रन्थी, आन्द्रा मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्राणली, छाला, आँखा आदि रहेका छन् ।