दैनिक उपभोग्य बस्तुको मु्ल्य तिव्र बृद्धि भए झैं सुनको कारोबार मूल्य पनि प्रतितोला एक लाख नाघ्यो !

छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तीन सय रुपियाँ

  • प्रकाशित मिति : March 24, 2022
  • - यमुना आचार्य
सुन

नेपाल ज्योति,चैत्र १०- दैनिक उपभोग्य बस्तुको मु्ल्य तिव्र बृद्धि भए झैं सुनको कारोबार मूल्य ह्वात्तै बृद्धि भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तीन सय रुपियाँ तोकिएको छ । अघिल्लोदिन प्रतितोला ९९ हजार दुई सय रुपियाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला एक हजार एक सय रुपियाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपियाँ छ । यसको मूल्य बुधबार प्रतितोला ९८ हजार सात सय रुपियाँ थियो ।