युक्रेनमा आफ्नो सैन्य अभियानको पहिलो चरण समाप्त – रुसी सेना

मस्कोलाई आफ्नो युद्धपूर्व रणनीति असफल भएको थाहा भएको संकेत – विपक्षीहरुको दावी

  • प्रकाशित मिति : March 25, 2022
  • - विश्व घिमिरे
युक्रेन

नेपाल ज्योति, चैत्र १२- रुसी सेनाले अब पूर्वी डोनबास क्षेत्रमा आफ्ना प्रयासहरू केन्द्रित गर्नेछ, जसमा दुई रुस समर्थक गणतन्त्रहरू छन्। पश्चिमी अधिकारीहरूले यो घोषणाले मस्कोलाई आफ्नो युद्धपूर्व रणनीति असफल भएको थाहा भएको संकेत गरेको विश्वास गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो युरोपेली भ्रमण पूरा गर्ने क्रममा पोल्याण्डमा छन् ।

वेलायतले युक्रेनले कीभको पूर्वमा केही सहर र रक्षात्मक स्थानहरू पुनः कब्जा गरिरहेको समाचार सम्प्रेषण गरिरहेको छ । मारिउपोलका एक अधिकारीले बीबीसीलाई गत हप्ता एक थिएटरमा भएको आक्रमणमा करिब ३०० जनाको ज्यान गएको उल्लेख गरेका छन् । मारिउपोलका मेयरका अनुसार दक्षिण – पूर्वी बन्दरगाह सहर ध्वस्त भएको छ र पुनर्निर्माण गर्न वर्षौं लाग्नेछ ।

यसअघि, अमेरिका र युरोपेली संघले रुसी ऊर्जामा युरोपको निर्भरता घटाउने प्रयासमा ठूलो ग्यास सम्झौताको घोषणा गरेको थियो ।