नेपाल ज्योति चैत १७ – गोकर्णेश्वर नगरपालिका १ को सुन्दरीजलमा बुधबार टिपरको ठक्करबाट एउटै परिवारका दुई बालिकाले ज्यान गुमाएका छन् ।स्थानियका बासिन्दाका अनुसार टिपर बालुवाको लोड बोकेर ओरालो झर्देगर्दा तलबट अर्को टिपर आएपछि साइड दिने क्रममा बाइकमा चडेका रोसन घिसिङ् र दुई छोरीहरु चडेको बाइक दुर्घटना हुन गएको हो । रोसन घिसिङ्को उपचार भइरहेको छ भने दुइ छोरीहरुको घटना स्थलमै मृत्यु भएको छ ।
स्थानियहरुले भने टिपरले जानि-जानि पेलेकोहो ब्याक गर्ने क्रममा हामिले पछाडी बाईक छ भन्दा भन्दै टिपरले ब्याक गर्यो बाइक आत्तिएर लड्न गयो नानिहरु टायरको मुनि पर्न गए बाइकको मुनि रोसन घिसिङ थिए । पहिला ठुलो छोरिलाई किच्यो सानो छोरिलाइ तान्न जादा फेरि टिपर ब्यक भएर बाबा छोरि लाइ किच्यो ।तेसैले यो घटना जानि जानि टिपरको लापरबाहीले भएको हो भन्दै स्थानिए आक्रोसित भए ।
घटना घटेपछि स्थानिय र परिवारले न्यायको माग गर्दे शव उठाउन दिएन्न । दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि १० घण्टापछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो । सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् ।