काठमान्डौको टुँडिखेलमै मात्र किन मनाइन्छ घोडेजात्रा.. के तपाईलाई थाहाँ छ ?

अब उस्को लागि जाने ठाउँ काहि भएन उ फेरी दिदिकोमा गयो । दिदिले पनि भाईको मायाले क्षमा दिइन र फेरि मिठो मिठो खानेकुरा खाने कुरा लेरआइन । तर यो पटक चादिँको थालमा दिइन । केशचन्द्रको मनमा जुवाको भुत चडेकै थियो । हतार- हतार सबै खाइ सकेर चादिँ थाल पनि पोको पारेर लुकाइ जुवा खेल्न गयो । त्यो थाल पनि जुवामा हार्यो ।अब काहाँ जाने ? ...भोक त थकाईले चुर भएर केशच्द्र फेरि दिदिकोमा गयो र भन्यो दिदि भोक लाग्यो । दिदलखानाबानाएर ल्याईन ।भाईको बानिले आजित भएको दिदिले यसपटक खाना भुईमा हालिदिइन । 

  • प्रकाशित मिति : April 1, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत १८-  घोडेजात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रुपमा प्राचीन कालदेखि काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । चैत्र कृष्णपक्षको औँसी, को दिन काठमाडौको टुँडिखेलमा हजारौं सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रर्दशन गर्ने गर्छन् । घोडे जात्राकै दिन विहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा शुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकौशलहरूको प्रदर्शनी शुरु हुन्छ ।

यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोश्रो दिन घोडेजात्रा हो, घोडेजात्राको दिन विवााहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । घोडेजात्रा विशेष यो दिनमा एउटा सानो कथा या भनौँ किंवदन्ती रहेको छ ।

घोडेजात्रा किन मनाइन्छ ?

परापूर्वकालमा काठमान्डौको ईटम्बाहालमा धेरै पहिले एउटा व्यपारी बस्ने गर्थियो । त्यसको नाम केश चन्द्र थियो । त्यो ठुलो जुवाडे थियो । दिन- दिनै जुवा खेल्ने लतमा लाग्दा एकदिन व्यपारीले सबै थोक जुवामा हार्यो ।

हारेको रन्कोमा केशचन्द्र दिदिको घर गयो दिदिको बिहे सम्पन्न परिवारमा भएको थियो । भाई आएको हर्षमा दिदिले भाईलाइ सुनको थालमा मिठो मिठो खानेकुरा खान दिइन । सुनको थाल देखेपछी केशचन्द्रको मनमा लोभ पलायो खाएको थाल पनि पोको पारेर लुकाइ जुवा खेल्न गयो । त्यो थाल पनि जुवामा हार्यो ।

अब उस्को लागि जाने ठाउँ काहि भएन उ फेरी दिदिकोमा गयो । दिदिले पनि भाईको मायाले क्षमा दिइन र फेरि मिठो मिठो खानेकुरा खाने कुरा लेरआइन । तर यो पटक चादिँको थालमा दिइन । केशचन्द्रको मनमा जुवाको भुत चडेकै थियो । हतार- हतार सबै खाइ सकेर चादिँ थाल पनि पोको पारेर लुकाइ जुवा खेल्न गयो । त्यो थाल पनि जुवामा हार्यो ।अब काहाँ जाने ? …भोक त थकाईले चुर भएर केशच्द्र फेरि दिदिकोमा गयो र भन्यो दिदि भोक लाग्यो । दिदलखानाबानाएर ल्याईन ।भाईको बानिले आजित भएको दिदिले यसपटक खाना भुईमा हालिदिइन ।

यो देखेर उस्को मन दुख्यो । दिदिले हेला गरेर दिएको खाना खादिन भनेर पोकोपारी फ्याल्न् भनेर हिड्यो ।

 

उ स्वयम्भुको बाटो लाग्यो । भोक र थकाईले गर्दा एउटा रुख मुनि थकाई मार्न बस्यो । आफु सित भएको खानाको पोको भुईमा राखेर आफ्नो जुवा खेल्ने बानि र चोर्ने बानि लाई धिकारर्यो ।

मनमा कुरा खेलाउदा खेलाउदै केश चन्द्र निदायो । त्यतिकैमा रुखमा भएका परेवाहरुले खानाक पोको देखे र सबै छरेर खए । अनि फेरि रुखमा गएर बसे । हागाँमा भएका परेवाले अच्चानक सुन बर्षाउन थाले ।आवाज सुनेर केश चन्द्र बिउझियो हेर्दा त भुई भरि सुननै सुन । उस्ले खुशि हुदै सबै बटुल्यो ।

घर जान भनेर के लाग्या थियो उस्ले सुनको भारी उठाउनै सकेन । याता उती मधतको लागि कोई छ कि भनेर खोज्न थल्यो । आफ्नो अगि एक बिसाल मान्छे देख्यो । ला!….उस्को अघि त गुरुमापा पो रहेछ ….।

गुरुमापा त्यहि रूखमा बास्दो रहेछ । गुरुमापा एक राक्षस थियो जस्ले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो ।त्यस दिन भोजन नभेटिएर निराश भएको गुरुमापाले खुशि हुदै भन्यो । अब म यसैलाई भोजन बनाउछु ।

केश चन्द्र पनि बाठो थियो जुक्ति लगाउदै भन्यो । मलाई खएर तपाईको भोक कति मेटिएला ? बरु हिड्नुस मेरो घर म सिङ्गो रागो र तिन मुरी चामलको भात दिउला । पत्यार लाग्दैन भने यो सुनको थैलो तपाई राख्नुस मलाई पछि भोजन गरेर सन्टुष्ट भए पछि दिनुहोला ।

 

हुन्छ त लौ भनि गुरुमापा पोको बोकि उस्को पछि लाग्यो ।

 

घर पुगेपछि गुरुमापालाई बाचा अनुसार सिङ्गो रागो र तिन मुरी चामलको भात दियो । त्यो राक्षस तिन दिन सम्म तेहि सुत्यो । फेरि बिउझेर उसैगरी खाना माग्यो केश चन्द्रले पनि फेरि सिङ्गो रागो र तिन मुरी चामलको भात दियो र भन्यो –मजासित खानुसहोस् र शान्ति पुर्वक सुत्नुस गुरुमापा ।

राक्षसले उसै गर्यो। यसरि नै दिन बित्न थाले राक्षेस सुतेर उठ्थियो केश चन्द्रले खानाको व्यबस्था गर्नु पर्थियो । कहिले काहि दिलो हुदा राक्षस गाउँ पसिदिन्थियो , एसरि बिस्तारै गाउँले ले पनि केशचन्द्रले राक्षस पालेर राखेको थाहाँ पाए । उस्लाई सम्झाए पनि तर यो सिल- सिला रोकिएन ।

राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकाबासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले ।

अन्त्यमा केहि सिप नलागेपछि …गाउँले मिलि  खरिको रूखमा बास गर्ने गुरुमापालाई समातेर  टुँडिखेलको पूर्व दक्षिण दिशामा लिएर आए र बेस्सरी हिर्काई –हिर्काई भुईमा लडाए । जति कुटे पनि राक्षेस उठि हाल्थियो ।अन्त्यमा गुरुमापा माथि घोडा छाडिदिए । यसरी सयौ घोडा जिउमाथि बाट कुद्दा गुरुमापाको ज्यान सधै –सधै लाई घोडाको टाप मुनि सुताईदिए ।

त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती छ ।

अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । त्यही आधारमा चैत कृष्ण औसीमा घोडे जात्रा मानइन्छ ।

सरकारले घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ ।