फेरी पनि शिक्षक द्वारा १२ र १३ वर्षीया दुई बालिका माथि यौन दुर्व्यवहार….

तथ्याङ्क अनुसार यसै बर्ष मात्र शिक्षक द्वारा यौन दुर्व्यवहार हुने बाल बालिकाको सङ्ख्या ८० जना पुगेको छ । बालिकाहरु बिध्यालयमा पनि सुक्षित नभए काहाँ हुने? के सरकारले यस बिषयमा ध्यान दिनु सरकारको कर्त्वय होइन्? कानुन फितलो भएर हो कि? अभिवाभकले ध्यान पुर्याउन नसकेर बिध्यालयमा समेत पछिल्लो चरणमा यौन दुर्व्यवहार धेरै बडेको देखिन्छ।

  • प्रकाशित मिति : April 1, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत१८ — तथ्याङ्क अनुसार यसै बर्ष मात्र शिक्षक द्वारा यौन दुर्व्यवहार हुने बाल बालिकाको सङ्ख्या ८० जना पुगेको छ । बालिकाहरु बिध्यालयमा पनि सुक्षित नभए काहाँ हुने? के सरकारले यस बिषयमा ध्यान दिनु सरकारको कर्त्वय होइन्? कानुन फितलो भएर हो कि? अभिवाभकले ध्यान पुर्याउन नसकेर बिध्यालयमा समेत पछिल्लो चरणमा यौन दुर्व्यवहार धेरै बडेको देखिन्छ।

कास्कि जिल्लामा आज प्रहरीले १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ । फागुन ३० गते बिहान साढे १० बजे ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूको यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जबरजस्ती करणी गर्ने मनसायले कक्षाकोठाभित्र अध्यापन गराउने क्रममा छात्राहरूलाई जबरजस्ती करणी गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार बुधबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा बाल यौन दुर्व्यवहारकै शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरिएको छ ।