नेपाल ज्योति चैत२१- हिजो साँझ ७ बजे बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।
लामाटोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको जानकारी आएको छ।
घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।
मीनबहादुर पनि घाइते भएको र उन्को उपचारको लागि अस्पताल लगिएको छ ।
क्षेतिको बिवरण आउन बाकि ……………….