बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको प्रहरी द्वरा उद्धार

  • प्रकाशित मिति : April 5, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत२२-   काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको नेपाल प्रहरीले सकुसल उद्धार गरेको छ ।

प्रहरीले ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका उद्धार गरेको हो ।

सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको थियो । पेमा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन् ।

अचेत अवस्थामा रहेकी पेमालाई  १७ जनाको प्रहरी टोलीले उद्धार गरेको थियो , अहिले उन्को बूढानीलकण्ठ नगरपालिका १३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले बताएका छन्  ।