नेपाल ज्योति चैत२२- बाँकेको नरैनापुर गाउँपालिका ४ स्थित कृष्णनगर बस्तीमा आज आगलागी भएको छ ।आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएको छ ।
आगलागीमा चारवटा बाख्रा पनि जलेर मरेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिएनुभयो ।
घटनाबाट करिब १८ लाखको क्षति भएको छ । दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताउनुभयो। आगलागीको कारण भने खुल्न सकेको छैन ।