२०७४ सालको मतका आधारमा हुने बाँडफाँड मलाई स्विकार छैन –डा बाबुराम भर्टराई

  • प्रकाशित मिति : April 5, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत२२-   जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा-बाबुराम भट्टराईले २०७४ सालको मतका आधारमा हुने बाँडफाँड आफुलाई स्वीकार्य नबताएका छन् ।

रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले आफ्नो पार्टी नयाँ बनेकाले पुरानो निर्वाचनको आधारमा हुने भागबण्डा स्वीकार्य नभएको बताए । आफ्नो  पार्टी देशलाई विकल्प दिने गरी नयाँ बनेको भन्दै उनले अरु पार्टीहरू पुराना रुख भएको बताए छन् । उनले भने, ‘पुराना रुखबाट केही फल्ला भन्ने आशा हुन्छ । तर अहिले पार्टीबाट फल्दैन बरु हाम्रो पार्टी नयाँ विरुवा भएपनि राम्रो फल लाग्ने छ , धेरै फल्ने छ ।’

भट्टराईले  पुराना दललाई भोट दिएर नयाँ नजिता नआउने पनि बताए । उनले पुराना दलहरुले चुनाव जितेर आफ्ना मान्छेलाई ठेक्का दिने र भ्रष्टाचार मात्रै गर्ने गरेकाले अबको चुनावमा जनताले विकल्प खोज्नुपर्ने बताए । विदेशमा युवाको श्रम निर्यात गरेर देश विकास नहुने भन्दै विदेशबाट प्रविधि र पुजी भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।