नेपाल ज्योति बैशाख२- रुपन्देहिको तिलोत्तमा चोकमा गय राती अमृता खत्रीको मृत्यु भएको छ । बुधवार राति १० बजेको समयमा २९ बर्षिय अमृता खत्रीको मृत्यु भएको हो । उन्को परिवारको भनाई अनुसार अमृता खत्रीले बिष सेवन गरेर आत्महत्या गरेकोहो भने पनि घटनाको सबै प्रकृया हेर्दा उत्त घटना आत्महत्या नभई हत्यानै हो भन्नेर ठम्याउन सकिन्छ ।
अमृताको माईतिपक्ष अमृताले आत्महत्या गरेको भनेर मान्न तयार छैन्न । छिमेकि तथा स्थानियको भनाई अनुसार अमृताको परिवारले उन्लाई पहिलेबाट नै धेरै दुख दिने काममा जोताउने गर्थिए । धेरै पटक एस्तो घटना घटेपछि अमृता माईत गएर बसेकि थिइन । केहिदिन अघी मात्र माईत बसेको अमृतालाई घरबाट फोन आयो छोराको मुख हर्नेभए अन्तिम पटक घर आईज भनेर ,तेस पछि अमृता घर गएको उन्को दाजुले बताएका छन् ।
सोहि दिन करिव ९ बजे अमृताको दाजुलाई उन्को म्यासेज आयो । उन्को म्यासेज देखेर दाजु आत्तिए उन्ले लेखेकि थिइन दाई मलाई बचाउनुस मलाई यो नर्कबट छिटो निकाल्न आउनुस । तेस पछि आत्तिदै दाजुले अमृताको घर नजिकै रहेको साथिलाई बहिनीको घर बुझ्न भनि पठाए तर उनि त्याहा पुग्दा अमृतालाई अस्पताल लगेको भनेर परिवारकै सद्स्यले भने पछि उनि हतारिदै अस्पताल पुगे । तर त्याहा पुग्दा अमृताको मृत्यृ भइकन Death Certificate समेत बनि सकेको थियो । करिब १५ मिनेट आघि म्यासेज आएको आमृताको मृत्यु भइ सकेको कुरा सुनेर उनि अच्चममा परे र परिवारलाई खवर गरे ।
यसकारण पनि अमृताको परिवार उन्को आत्महत्या भएको हो भनेर मान्न तयार छैन्न । १५ मिनेटमा म्यासेज गरेर बिष सेवन गरेर अस्पताल पुगेर death Certificate समेत कासरी तयार हुन सक्छ ? अमृताको माईति पक्ष भन्छन् । स्थानियको पनि सोहि भनाई छ । बुहारि नचाहिएर मन लागि भन्ने दुख दिने परिवारले एका एक अमृतालाई किन बोलायो ?
माईति पक्ष र स्थानियले घर घेरेर न्यायको माग गरेका छन् । उनिहरुको भनाई छ अमृताले जसरी पनि न्याय पाउनु पर्छ र परिवारलाई कार्वाही हुनै पर्छ । अहिले उन्को श्रिमानलाई प्रहरिले थुनामा राखेको छ । प्रहरि ठग बाहदुर के . शी ले उन्को मृत्यु अस्पताल पुग्नु अगाडिनै भई सकेको थियो । घटना बारे थप अनुसन्धान चलीरहेको प्रहरिको भनाई छ ।