राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकियो – कमल थापा, अध्यक्ष राप्रपा नेपाल

राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त

  • प्रकाशित मिति : April 16, 2022
  • -सरु आचार्य
कमल थापा

नेपाल ज्योति, वैसाख ३- स्थानिय निर्वाचनको सरगर्मि बढिरहेको सन्दर्भमा एक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना बन्द भएको बतएका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकाले नयाँँ पार्टी स्थापना उनले बताए ।

अध्यक्ष थापाले पार्टी स्थापनाको २ महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टिगत संरचना निर्माण भएको, आधा दर्जब बढी भातृसंगठन निर्माण गरेको उनले जानकारी दिए । राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र शुशासनको एजेन्डा लिएर अगाडि बढेको उनको भनाई छ ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओलिको प्रशंसा गर्दै अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर निर्वाचन लड्ने उद्घोष गरे।  केपी ओली नेतृत्वको एमालेले राष्ट्रियता, स्थिरता र समृद्धिको पक्षमा अडिलो नीति ल्याएकोले सहकार्य गर्ने निर्णय भएको भन्दै ओलीको खुलेर प्रसंसा समेत गरे ।