युक्रेनको मारिउपोलमा लडाइँ जारी, युक्रेनि सेना रसिया बिरुद्ध कठोेर संघर्षमा

  • प्रकाशित मिति : April 16, 2022
  • - विश्व घिमिरे
युक्रेन युद्ध

नेपाल ज्योति, वैसाख ३ – युक्रेनी सेनाले आजोभ सागरको प्रमुख बन्दरगाह सहर मारिउपोलको आफ्नो नियन्त्रणमा लिनका लागि रुसी सेनासँग लडाइँ जारी राखेको युक्रेनी रक्षा मन्त्रालयका प्रवक्ता ओलेक्जेन्डर मोतुज्यानिकले शुक्रबार दिएको युक्रेनफर्म समाचार एजेन्सीले जनाएको छ।

रूसी सेनाले लगातार शहरमा आक्रमण गर्न थप इकाइहरू भर्ती गरिरहेको, र अहिले इलिच प्लान्ट नजिक र मारिउपोलको बन्दरगाह क्षेत्रमा ब्यापकरुपमा लडाईहरू भइरहेको संचार माध्यमहरुले जनाएका छन् ।

घेराबन्दी सुरु भएको झण्डै सात हप्ता बितिसक्दा पनि रुसी सेनाले सहरको पूर्ण नियन्त्रण प्राप्त गर्न  सकेको छैन । युक्रेनी सेनाले भर्खरै मारिउपोलमा दुई सैन्य एकाइहरू सेनामा सामेल हुने रणनीतिक अपरेशन गरेको छ । अब युक्रेनी सेनाले शहरलाई अनब्लक गर्न खोजिरहेका छन् ।