तराइको विकास गर्ने जनताको पार्टी एमाले मात्र हो – एमाले अध्यक्ष ओली

  • प्रकाशित मिति : April 16, 2022
  • - सरु आचार्य
एमाले

नेपाल ज्योति, बैसाख ३ – सर्लाहीको मंलगवामा आयोजित आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  एक सय एक किलोको फूलको मालाले भब्य स्वागत गरेका छन्।

एमालेले आयोजना गरेको विशाल जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आइपुगेका ओलीलाई एमाले जिल्ला कमिटी सर्लाहीले एक सय एक केजीको माला लगाएर स्वागत गरेका हुन्।

के पी ओली

नेकपा माओवादीका पोलिट ब्युरो सदस्य केसव ढुंगाना र राजपा पार्टीबाट निर्वाचित कबिलासी गाउँपालिकाका प्रमुख कौशल यादवलगाएतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रममा तराइको समग्र बिकासमा आफ्नो पार्टी संवेदनशिल रहेको बताएका छन् । सडक, ढल, पानी, बिजुली लगाएत व्यबस्थित तथा आधुनिक कृषि बिकासमा एमाले सरकारले सकृयता पुर्वक काम गरेको दावी गरे ।

रोजगारि, बृद्ध भत्ता, एकल महिला भत्ता, छात्रबृत्ति लागाएत अनेकौं कार्यक्रम लागु गरेको उनले दावी गरे । अदालतको गलत निर्णयले आफ्नो सरकार ढलेको र बिभिन्न गलत साँठगाठ गरेर परमादेसको सरकार बनेको भन्दै सत्तारुढ गठबन्धन प्रति कटाक्ष गरेका छन् ।

एमाले अध्यक्ष ओलीले नव प्रवेशीलाई माला र खादा लगाएर स्वागत गरेका थिए। सर्लाहीको सदरमुकाम मलङ्गवास्थित कभर्ड हल परिसरमा आयोजना गरिएको कार्यक्रममा हजारौंको सहभागिता रहेको एमालेले दावी गरेको छ। कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, केन्द्रीय नेता प्रभु साह, सुमन प्याकुरेल, हरि उप्रेती लगायतका नेताहरु सहभागी भएका छन्।