१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाईफाईडको खोप

टाईफाईड खोप कसले लगाउनु हुँदैन

  • प्रकाशित मिति : April 19, 2022
  • -सरु आचार्य

नेपाल ज्योति बैशाख ६ – नेपालमा पहिलो पटक टाईफाईड खोप अभियान सञ्चालन हुदैछ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइनदै छ । गत चैत २५ देखि यहि वैशाख १८ गतेसम्म टाईफाईड खोप  नजिकैको विध्यालय तथा स्वाथय चौकिहरुमा लागाईने छ ।

बालिकाकालाई दिन लागिएको उत्त खोप सम्पूर्ण ट्रायल पास भई विश्व स्वास्थ्य संगठनको  स्वीकृत प्रप्त खोप हो । तसर्थ बिना किनै डर बालबालीकालाई दिन सकिनेछ । विश्वमा टाईफाईड एउटा जटिल रोग भएकोले विश्वभर टाईफाईड खोप लगाईन्छ । तर नेपालमा भने यो अभियान पहिलो पटकचलाईएको हो ।

यो अभियान पछि लगतै ४५ वर्षसम्म उमेरसमूहलाई समेत यो खोप अभियान चलाईने छ ।यो खोपको एक मात्रा १ पटक मात्र दिइन्छ ।

विश्वमा टाईफाईड विरुद्धको तीन प्रकारका खोप लगाइँदै आएको छ । जसमा कन्ज्युगेट भ्याक्सिन एक हो । यो खोप ६ महिनादेखि ४५ वर्षसम्मकालाई दिइन्छ । यस्तै, अनकन्ज्युगेट भ्याक्सिन दुई वर्षभन्दा माथिकालाई मात्र दिइन्छ । यो खोप पनि एक मात्रा मात्रै लगाइन्छ । अर्को टाईफाईडको लाइभ एटीनोइएटीड खोप हो । यो चार मात्रा दिइन्छ । यो खोप दुई वर्षको बालबालिकालाई मात्रै दिइन्छ । यी खोपमध्ये कन्ज्युगेट खोप बढी प्रभावकारी भएको चिकित्सकहरू बताउँछन् । त्यसैले विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका विभिन्न राष्ट्रलाई  कन्ज्युगेट खोप लगाउन आग्रह गरेको छ।

टाईफाईड एक सङ्क्रामक रोग हो । जुन व्यक्तिको दिसाको माध्यबाट फैलिने गर्छ ।  त्यसपछि दूषित पानी र खानाका माध्यमबाट पनि यो सर्ने गर्छ ।

टाईफाईडका लक्षणहरु

टाईफाईड सबै उमेर समूहका व्यतिलाई लाग्ने रोग हो ।टाईफाईड भएका मानिसहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्ने, कोहीकोहीलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाक लाग्ने, शरीरमा रातो बिमिरा आउने लगायतका लक्षण देखापर्द छन्  ।

टाईफाईड खोप कसले लगाउनु हुँदैन

विगतमा अन्य खोप लगाउँदा कुनै गम्भीर प्रकारको प्रतिक्रिया देखा परेकाहरूले यो खोप लगाउन हुँदैन । यस्तै, कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएकाहरूले पनि यो खोप लगाउनु हुँदैन। एच आई भी एड्सको लक्षण देखापरेका अवस्थामा पनि टाईफाईडको खोप लगाउनु हुँदैन । उच्च ज्वरो आएका साथै सिकिस्त बिरामीले पनि यो खोप लगाउन हुँदैन ।