गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

  • प्रकाशित मिति : April 19, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योति बैशाख ६ –  सर्वोच्च आदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा आल्पकालीन अन्तरिम आदेश दिएको हो।उक्त रिटमाथि न्यायाधीश फुयालले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत दिएका छन्।

२०७८ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै गर्भनर अधिकारी स्वतः निलम्बनमा परेका थिए ।