लेटाङ घटनाः यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेललाई जिल्ला अदालत मोरङको पुर्पक्षका लागि थुनामा राख्ने आदेश

यौन दुर्व्यवहारका आरोपी शिक्षक पौडेल पुर्पक्षका लागि थुनामा

  • प्रकाशित मिति : April 19, 2022
  • - विश्व घिमिरे
मनोज पौडेल

नेपाल ज्योति, बैसाख ६ – छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेललाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुव्यर्वहार गरेको घटना सार्वजनिक भएको थियो ।

त्यसपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरीमाथि उत्तेजित भीडले आक्रमण गर्दा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । उनीविरुद्ध जबरजस्ती करणी उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।