नेपाल ज्योति, बैसाख ८ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देशलाई राम्रोसँग चिनेकोले नै सरकारको नेतृत्वमा रहँदा नेपालको वास्तविक नयाँ नक्सा छापेको र ती भूभागलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेका छन् ।
उनले सरकारको नेतृत्वमा रहँदा संविधानको अनुसूचिमा राख्न संसद्बाट पारित गराएकाले नेपालको भूमि फिर्ता गर्नका लागि भारत सरकारलाई आफूले पत्र लेखेको र फिर्ता गरााएरै छाडिने बताए ।
आफू प्रधानमन्त्री भएका बेला नेपाल विकास निर्माणमा हरेक दिन एक कदम अगाडि बढेको उनको भनाई रहेको थियो । ओलिले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आव्हान समेत गरे ।
अध्यक्ष केपी शर्मा ओलीलेनेपाल विकसित नहुने कुनै कारण नरहेको जनाउँदै ब्रेन पावरमा नेपाल पूर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको कुरामा जोड दिए ।
उनले अझै नेपालका सडक बालबालिका रहेको त्यस्तो हुन नसक्ने बताउँदै एमालेले सरकारमा रहँदा कोही बालबालिका अभिभाकबिहीन भएर सडकमा बस्नु नपर्ने कुराको सुनिश्चतता जनाए ।