नेपाल ज्योति चैत ८- सिन्धुपाल्चोक मेलम्ची नगरपालिका भन्जयाङ गाउँमा हिजो रातीको चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । खेतमा गएर फर्किदै गर्दा ३८ बर्षिय पम्फा कार्की को मृत्यु भएको हो ।
घरमा बिरामी बुबा र एक भाई मात्र थिए । मुसालधारे पानि र चट्याङको कारण छोरिलाई खोज्न जान नसकेका बुबाले र स्थानिय गाउँले बिहान बाटो हिड्दा देखेपछि मात्र उन्को मृत्युको खवर पाएका थिए ।
त्यसै गरी चट्याङ लागेरै काभ्रेको महाभारत गाउँपालिका पनि एक बालिकाको मृत्यु भएको छ भने बालिकाकी आमा घाईते भएकि छ्न् । पानि परेको बेला घर भित्रै चट्याङ लागेर उन्को मृत्यु भएको हो । चट्याङ लागेर एक भैसि मरेको र घर समेत आगो लागि भएको खुवर प्रप्त भएको छ ।