गर्मि महिना लाग्न साथ बड्न थाल्यो आगलागीको घटना –जुम्लामा गए राती आगलागीबट चार बालबालिकाको ज्यान गयो

  • प्रकाशित मिति : April 24, 2022
  • -सरु आचार्य

नेपाल ज्योति बैशाख ११- गएराति आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा आगलागीको घटना घटेको हो ।

तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी भएको हो । घटनामा मानसिंह सार्कीको दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाको जलेर ज्यान गएको छ ।

आगलागीमा परि १४ वर्षीया तुलासा सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

मानसिंह नेपाली र उनको श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली आगलागीका कारण बेहोस भएका  छन् ।उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा गएराति नै आगो निभाइएको प्रहरीले जनाएको छ ।