पौडी खेल्न गएका सुरज थापा खजुरा खोलामै अस्ताए

  • प्रकाशित मिति : April 24, 2022
  • -सरु आचार्य

नेपाल ज्योति बैशाख११- शनिबार पौडी खेल्न भनेर खोलामा गएका एक २९ वर्षीय युवकको मृत्यु भएको छ । बर्दघाट,९ सखुवानी स्थित खजुरा खोलामा डुबेर सुरज थापा मगरको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार मृतक थापाको शरीरलाई खोलाबाट झिकी पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जनाएको छ।