उत्तर कोरियाली जासुसलाई गोप्य सैन्य सूचना बेचेको आरोपमा दुई जना पक्राउ

पक्राउ पर्नेमध्ये एक सैन्य अधिकारी छन् भने अर्का व्यक्ति क्रिप्टोकरेन्सी सटहीका प्रमुख कार्यकारी

  • प्रकाशित मिति : April 29, 2022
  • -सरु आचार्य
दक्षीण कोरियन आर्मी

नेपाल ज्योति बैशाख १६- एक सन्दिग्ध उत्तर कोरियाली गुप्तचरलाई देशको गुप्त सैन्य सूचना उपलब्ध गराएको आशङ्कामा दुई जनालाई दक्षिण कोरियाको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमध्ये एक सैन्य अधिकारी छन् भने अर्का व्यक्ति क्रिप्टोकरेन्सी सटहीका प्रमुख कार्यकारी रहेको दावी गरिएको छ।

उनीहरूलाई दक्षिण कोरियाली संयुक्त सैन्य कमान्डको ‘लग इन’ विवरण चुहाएको आरोप लागेको छ। उक्त विवरण दिएबापत उनीहरूले ठूलो रकम लिएको आरोप छ।