निर्वाचन बारे टिकटक बनाई ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार नगत पुरस्कार

  • प्रकाशित मिति : May 1, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति बैशाख १८-   निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।
टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।
यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने जनाएको थियो ।