नेपाल ज्योति बैशाख १८-कुरा पोहोरको हो । भोलि पल्ट मज्दुर दिवस थियो ,काठ्माण्डौबट नजिकै पर्थियो मेरो घर सिन्धुपालचोक ,तेसैले हिजो नै अफिसबट हाल्फ छुट्टि लिएर दगुर्दै घर आएको थिए । मेलम्ची आईपुग्दा रात पर्न थालि सकेको थियो । बजारबट घर पुग्ने बाटो जङ्लको भएकोले बाबा बस बिसैनि सम्म लिन आउनु भएको थियो ।साथमा खैरे थियो हाम्रो घरको गार्ड घरमा जो आओस ,जाओस पुर्याउन र लिन आईपुग्थियो । राती घर पुग्दा आमाले खाना बनाई सक्नु भएछ । छोरी आउने भएपछि आमाको फर्याक फुरुक झन धेरै घिउ हालेको मासको दाल , गुन्दुकको अचार , आफ्नो बारीको रायोको साग सम्झेर पनि म छुट्टिमा घर फाल हालेर आउछु ।
थकाई बेस्सरी लागेको थियो आमा गफ गर्दै कपाल चलाइदिदै हुनु हुन्थियो म भुसुक्कै निदाएछु ।
बिहानका चिसो हावा चरा चुरुङगिको आवाजले निद्रा खुल्यो । उठे खाटमा हेरे बा लाई देखिन अनि बाहिर आए आमा साग टिप्न लाग्नु भारैछ । आमालाई सोधे, आमा बा खोइ त?
तेरा बा बिहानै खेतमा जानु भइसक्यो यति बेरत आउनेनि बेला भो साउले मिलमा बोरा लोड गर्न भनिछन रे
अनि भने आज पनि !खेत ? म रोक्किए
किन आज के हो र आज ? खन्न नहुने औशि न पुर्णै मैले ठुलो आवाजले भने आज मज्दुर दिवस हो के आमा
आमाले साग टिप्न छाडि म तिर पुलुक्क हेर्दै भन्नु भयो के हो फेरि यो मज्दुर दिवस भन्या ?
कठैबरी मेरि आमालाई केथा मज्दुर दिवस के हो ? मेरा बा आमालाई न कहिले कुनै दिवस लाग्यो न सनिवारको छुट्टि ,दशैको दिन निधार भरी आक्षता र जमरा बोकेर खेतमा धान पाकेर झुरिन आट्यो भन्दै दौडिने मेरा बा आमा , म नि कस्तो हुस्सु मेरा बा लाई त के ! गाउँमा कसैलाई कुनै दिवस लागेको मैले देखेकि थिइन
सायद यो मज्दुर दिवस काठ्माण्डौ बासिको लागि मात्र बनेको होला । मज्दुर कस्तालाई भनिन्छ सच्ची ? ठुला ठुला कुर्सिमा बसेर काम गर्नेलाई होला किनकि भारि बोक्ने , खेत खन्ने अहिले कमाएर भरे छाक टार्नेलाई मइले कहिले मज्दुर दिवस लागेको देखेकै छैन ।
आमाले फेरी सोधनु भयो
केहो यो मज्दुर दिवस भन्या ?
आज सर्कारले मज्दुरलाई देएको छुट्टी हो के आमा मैले बुझाउनको लागि भने
आ ! जुनसुकै दिवस होस हाम्रो बाली- नाली नस्टहुदा सरकारले क्षती दिने होइन ।नत आज बडि काम गरिस भनेर पुरस्कार दिन्छ । सरकार सङ् न -लिनु न -दिनु अनि छुट्टी चै किन लिनु ?
हमिलाइ छुटी दिने र खटाउने त माथि छन बाबै तिन्ले दया गरेर पानी पारे समयमा अन्न फल्छ । बाली नस्ट नगरे बर्ष भरी खान पाइन्छ ,बाबै हामी किसान प्रकृतिको इसारामा चल्छौ सरकारको होइन । भान्सामा नुन तेल सकिन्दा कहिले सरकार सोध्न आएन । गोठको गाई भैसिले आज मज्दुर दिवस घाँस खान्न भन्दैन ।
मैले आमालाई केहि जवाफ दिन सकिन , म बस मौनबसे र आमा लाई हेरिरहे ।
दिउसो बाहिरपख निस्के घिमिरे साउको हलि खेत जोत्दै थियो, कमली घट्ट जाँदै थि , साइली सधैझै चोकमा मकै पोल्दै थि , घर बनाउने ज्यामी ब्यस्त थिए , गलैचाको एक थान लेर कारखानाको मज्दुर धुन जाँदै थे , ड्राइभर देखि लिएर रिक्सा चालक सम्म ब्यस्थ थिए , अनि बल्ल था पाए । प्रजातान्त्र ,गणतन्त्र जस्तै मज्दुर दिवस पनि नेताहरु आफै मिलेर मनाउदा रहेछन । सबै चाड-बाड सबै दिवस हुने खाने लाई र ठुला बडालाई मत्र आउदो रहेछ । अनि मन- मनै भने जय मज्दुर दिवस ।
-जय मज्दुर दिवस
-सरु आचार्य (काली )
कठैबरी मेरि आमालाई केथा मज्दुर दिवस के हो ? मेरा बा आमालाई न कहिले कुनै दिवस लाग्यो न सनिवारको छुट्टि ,दशैको दिन निधार भरी आक्षता र जमरा बोकेर खेतमा धान पाकेर झुरिन आट्यो भन्दै दौडिने मेरा बा आमा , म नि कस्तो हुस्सु मेरा बा लाई त के ! गाउँमा कसैलाई कुनै दिवस लागेको मैले देखेकि थिइन