आठ सयले घट्यो सुनको मूल्य

  • प्रकाशित मिति : May 2, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति बैशाख १९-    सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सयले तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सय थियो ।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।