नेपाल ज्योति,बैशख १९- निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गर्नुहुँदै सो चेतावनी दिएका हुन ।
आयोगले यसअघि पनि आचारसंहिता प्रतिकूल गतिविधि नगर्न नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराइसकेको छ । दलका नेता तथा उम्मेदवारहरुले आचारसंहिताको पूर्ण परिपालना गर्ने प्रद्धिवद्धता जनाएपनि व्यवहारमा त्यस्तो नदेखिएको आयोगको भनाई छ ।