ललितपुरमा यातायात कार्यलयको काममा अवरोध गर्ने १० जना पक्राउ

यातायात कार्यलयको काममा अवरोध गर्ने १० जना पक्राउ

  • प्रकाशित मिति : May 4, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख १२-ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई काममा अवरोध गर्ने १० जना पक्राउ परेका छन्। सेवाग्राहीलाई अनावश्यक झन्झट दिएर कार्यालयको काम प्रभावित गरेको आरोपमा ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सेवाग्राहीलाई काम गरिदिन्छु भन्दै रकम मागने काममा अवरोध गर्ने १० जना पक्राउ परेका हुन् ।
पक्राउ परेका सबै जनालाई जिल्ला अदालत, ललितपुरबाट बुधबार सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।