पछिल्लो २४ घण्टामा १९ जना कोरोना सङ्क्रमित,एक्को मृत्यु

२४ घण्टामा १९ जना कोरोना सङ्क्रमित,एक्को मृत्यु

  • प्रकाशित मिति : May 4, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २१-पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।त्यसैगरी, एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन ।मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । अहिले देशभर सक्रिय सङ्क्रमित २१७ जना  छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा तीस हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।