वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा असमानता

वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा असमानता

  • प्रकाशित मिति : May 5, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २२-वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा धेरै असमानता रहेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृत ९सीई ओ ले मासिक १५ लाख रुपियाँसम्म तलब लिने गरेका छन् भने क्यासियरको १४ हजार आठ सय रुपियाँ मात्रै रहेको अध्ययनले देखाएको छ । नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्टले २७ वटा वाणिज्य बैङ्कमा गरेको अध्ययनले उक्त तथ्य उजागर गरेको हो ।धेरैजसो सुविधा प्रबन्धक समूहमा केन्द्रित भएकाले वाणिज्य बैङ्कमा चरम पारिश्रमिक असमानता रहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अध्ययनअनुसार श्रम ऐनले काम सुरु गरेको मितिदेखि नै कर्मचारीले सञ्चय कोष प्राप्त गर्ने व्यवस्था गरेको भए पनि स्थायीबाहेकका कर्मचारीलाई यो सुविधा दिन बैङ्कले कन्जुस्याइँ गरेको पाइएको छ । करार, आउटसोर्स र तालिमी ९इन्टर्नका रूपमा कार्यरत कर्मचारीले सो सुविधा पाएका छैनन् । अध्ययनमा समेटिएका २७ बैङ्कमध्ये सात बैङ्कले मात्र काम सुरु गरेदेखि नै सञ्चय कोषको सुविधा दिएका छन् ।