निर्वाचन अधिकृतका लागि घोराहीमा तालिम

निरर्वाचन अधिकृतलाई तालिम

  • प्रकाशित मिति : May 5, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २२-स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।चुनावी प्रचारसँगै मतदाता भेटघाट र सभालगायतका कार्य भइरहेका छन् । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र विपक्षी दल नेकपा एमालेका केन्द्रीयस्तरका नेताहरू खटिएका छन् ।
निर्वाचनका लागि दलहरूले प्रचारप्रसारसँगै भेटघाटलाई तीव्र बनाएका बेला प्रदेश निर्वाचन कार्यालयले निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतका लागि घोराहीमा तालिम सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय, दाङको आयोजनामा बुधबारदेखि तालिम सुरु भएको हो ।