निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएनि राजमार्ग अझै व्यक्तिकै नाममा

  • प्रकाशित मिति : May 5, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २२-राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी राजमार्ग व्यक्तिकै नाममा रहेको पाइएको छ ।मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ६१ किलोमिटर मध्यपहाडी राजमार्ग व्यक्तिको नाममा रहेको हो ।

निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएको वर्षौ बितेपनि अझै व्यक्तिकै नाममा रहेको स्थानीयको गुनासो छ । राजमार्गको क्षेत्राधिकार भित्रको जग्गाको लगत सम्बन्धित निकायले नकाटिदिँदा अर्बौं रुपियाँ लगानी गरी निर्माण गरिएको उक्त राजमार्ग व्यक्तिकै नाममा रहेको स्थानीयले बताएका छन् ।

राजमार्ग निर्माणका क्रममा सरकारले नीजि व्यक्तिकै जग्गामा लगानी गरी रहेको गोलन्जोर गाँउपालिका–७ खुर्कोट निवासी शरद आचार्य बताउछन् । जग्गाको लगत कट्टा नगर्दा अहिलेसम्म आफुले राजमार्ग निर्माण भएको जग्गाको कर ९ तीरो गाँउपालिकालाई तिर्दै आएको उनको गुनासो छ ।