एक नेपाली बिद्यार्थी भारतमा वेपत्ता

  • प्रकाशित मिति : May 6, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २३-रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का भारतमा वेपत्ता भएका छन् ।भारतको देहरादुन स्थित अल्पाईन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बिएस्सी अध्ययन गरिरहेका खड्का गत शुक्रबार देखि हराएको उनका बुवा चिताराम खड्काले जानकारी दिए । परीक्षा सकेर नेपाल फर्कदै गर्दा खड्का वेपत्ता भएको उनले बताए।

गोपालको खोजी कार्यको लागि नेपाल सरकार मार्फत भारतीय राजदुतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर हालसम्म पत्ता लागेको छैन । कहि कतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरीलाई खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ अध्ययनको लागि भारतमा गएका एक नेपाली विद्यार्थी एक साता देखि हराईरहेकोले खोजी गरिदिन परिवारले अनुरोध गरेको छ ।