गुल्मी प्रहरी हतियार खोज्न गाउँगाउँमा पुगे

  • प्रकाशित मिति : May 6, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २१-गुल्मी प्रहरीले ३७ वटा हतियार संकलन गरेको छ । गाउँगाउँमा रहेका हतियार बुझाउन जिल्ला प्रसासन कार्यालय गुल्मीले चैत मसान्तसम्म समयवधि तोकेपनि अटेर गरेपछि गाउँमै पुगेर हतियार संकलन गरेको जनाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले दर्ता भएका हतियार संकलन संकलन सुरु गरेको थियो । प्रशासनले जारी गरेको सूचनालाई अटेरी गर्दै हतियार नबुझाए पछि  गुल्मी प्रहरी हतियार खोज्न गाउँगाउँमा पुगेको प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।

प्रशासनमा दर्ता भएका ५२ वटा हातहतियारहरु मध्ये प्रशासनले जारी गरेको सूचनाको समय अवधि सम्म जम्मा ६ वटा मात्र हतियार जम्मा भएका थिए । प्रहरीले हतियार खोज्ने अभियान चलाएपछि  हाल ३७ वटा हतियार  जम्मा भएको पौडेलले जानकारी दिनुभयो ।

बाँकी हतियारहरु तत्काल संकलन गर्ने तयारी प्रहरीले गरेको जनाएको छ । जम्मा भएका ३७ हतियारहरु मध्ये सबै एकनाले भरुवा बन्दुक रहेको प्रशासनले जनाएको छ ।